काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले जनताको मतको कदर नगर्ने नेताबाट केहि आश गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको सन्दर्भलाई संकेत गर्दै पूर्वराजा शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने बताएका हुन् ।
‘जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिँदैन,’ सामाजिक सञ्चालमा शाहले लेखेका छन्, ‘कुर्सी र पदको मोहमा देशलाई हेलाँ गर्नेहरु बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।’
बेला बेलामा पूर्वराजा शाहले नेताहरुको कार्यशैलीप्रति गुनासो गर्दै आएका छन् । उनले केहि दिनअघि मात्र आफूलाई जनताले नहटाएको बताएका थिए ।
जनताको मतको कदर नगर्ने नेताबाट केही पनि आशा गर्न सकिंदैन । कुर्सी र पदको मोहमा डुबेर देशलाई हेलाँ गर्नेहरू बेलैमा सचेत नभए जनताले बाँकी राख्ने छैनन् ।
— G. Shah (ज्ञानेन्द्र शाह) (@GBBShah) December 21, 2020



