संविधानविपरीतको कदमलाई राष्ट्रपतिले स्वीकार्न हुन्न : रामचन्द्र पौडेल

काठमाडौं । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको सिफारिस संविधान र लोकतन्त्र विपरीत रहेको भन्दै राष्ट्रपतिलाई स्वीकार नगर्न आग्रह गरेका छन् ।

प्रधानमन्त्री केपी ओलीले आज बिहान मन्त्रिपरिषदको आकस्मिक बैठक राखेर संसद विघटन गर्ने सिफारिस गर्नु लोकतान्त्रिक गणतन्त्रको स्थायित्वको दिशामा दुर्भाग्य भएको बताए । ‘यो संविधान विपरितत छ, लोकतन्त्रको मर्म विपरित छ र राष्ट्रहित विपरित छ,’ पौडेलले भने- ‘अहिलेको संविधान अनुरुप विघटन गर्न मिल्ने प्रावधान छैन र राष्ट्रपतिले यसलाई स्वीकार गर्न हुँदैन ।’

वरिष्ठ नेता पौडेलले अगाडि भनेका छन्- ‘म यस्ता मुलुक र लोकतन्त्रलाई अस्थिरता र संकट तर्फ धकेल्ने गैर लोकतान्त्रिक कदमको घोर भत्सर्ना गर्दछु ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री