संसद विघटन अलोकतान्त्रिक र असंवैधानिक निर्णय, लागू हुन सक्दैन : नेकपा प्रवक्ता

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले प्रधानमन्त्रीले गरेको संसद विघटनको सिफारिस अलोकतान्त्रि र असंवैधानिक कदम भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज (आइतबार) अचानक मन्त्रिपरिषद् बैठक राखेर संसद विघटनको सिफारिस राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष गर्ने निर्णय सुनाएका थिए । ओलीको यो कदमको नेकपा प्रवक्ता श्रेष्ठले चर्को विरोध गरे जनाएका छन् ।

प्रवक्ता श्रेष्ठले भने, ‘मैले पनि भर्खरै सुने । मन्त्रिपरिषद्को बैठकमा सबै मन्त्रीहरु पनि उपस्थित नहुँदै प्रधानमन्त्रीले संसद विघटन गरेर ताजा जनादेशमा जाने भनेर घोषणा गर्नुभयो रे । यो गैरअलोतान्त्रिक र नेपालको राजनीतिक परिर्वतनलाई पछाडि धकेल्ने अविवेकी निर्णय हो, यो लागू हुन सक्दैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री