विराटनगर । जाडो छल्न बालेको घुरको आगोले घर जल्दा विराटनगरमा एक १४ वर्षीय किशोरको ज्यान गएको छ । आगलागीबाट दुई जना घाइते भएका छन् ।
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाका अनुसार शनिबार राति करिब साढे १२ बजे घुरमा बालेको आगोले घर जल्दा विराटनगर महानगरपालिका–१४ झटीयाहीका राजेशकुमार दास तत्माका १४ वर्षीय छोरा रविनको मृत्यु भएको हो । उनकी श्रीमती ३२ वर्षीया इन्दुदेवी र सात वर्षीय छोरा किसनकुमार घाइते भएका छन् ।
घाइते आमा–छोरा दुवैको कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । आगलागी हुँदा राजेशकुमार भने घरमा थिएनन् । उनी आफन्तको विवाहमा गएका थिए । राति बालेको घुर ननिभाई सुतेका कारण घरमा सल्किएर आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
तपाईंको प्रतिकृया



