हिमालयन बैंकको मर्जर÷एक्युजिसन उपसमिति गठन

 

हिमालयन बैंक लिमिटेडको संचालक समितिले बैंकका संचालकसुनिल बहादुर थापाको संयोजकत्वमा मर्जर÷एक्युजिसन उपसमिति गठन गरेको छ ।

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले अगाडि सारेको मर्जर÷एक्युजिसनलाई प्रोत्साहन गर्ने नीतिलाई अनुसरण गर्दै बैंकद्वारा उक्त उपसमिति गठन गरिएको हो।

संचालक समितिद्वारा गठित सो उपसमितिले मर्जर÷एक्युजिसनका लागि उपयुक्त बैंक तथा वित्तिय संस्थाको खोजीका साथ–साथै त्यस बारे अध्ययन विश्लेषणको कार्य गरिरहेको छ ।

यद्यपि हाल आम संचार माध्यमहरुमा प्रसारित÷प्रकाशित समाचारहरुमा उल्लेख भए जस्तो मर्जरबारे हालसम्म कुनै पनि निर्णय नभएको व्यहोरा जानकारी गराउँदछौ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता

काठमाडौँ । महालक्ष्मी विकास बैंक र नेपाल क्लियरिङ्ग हाउस ली बीच अलिपे प्लस द्वारा एकीकृत …

प्रतिकृया दिनुहॊस