समृद्ध नेपाल निर्माणका लागि राजसंस्थाको वकालत गरेका हौं : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले समृद्ध नेपाल निर्माणका लागि राजसंस्थाको वकालत गरेका बताएका छन् । थापाले ट्विटमार्फत समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरेको बताएका हुन् ।

पूर्वउपप्रधान मन्त्रीसमेत रहेका थापाले धर्म, संस्कृति, परम्परा र इतिहासको संरक्षण र सम्वद्र्धन गर्ने भएकाले राजसंस्थाको वकालत गरेको दाबी गरे । उनले कसले के भन्छ भन्ने चिन्ता राप्रपालाई नभएकोसमेत प्रष्ट पारेका छन् ।

‘धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षणरसम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ’, थापाले भने- ‘कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुँदैन ।’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री