आज थप ८ सय ३० जनामा कोरोना पुष्टि

काठमाडौं । आज  आईतबार ८ सय ३०  जनामा कोरोना पुष्टि भए​को छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ३० जनामा संक्रमण भएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ भने पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ।

संक्रमित मध्ये २ लाख ३५ हजार ७३१ जना उपचारपछि निको भएका छन् । यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १६ सय ९८ जना पुगेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री