सानिमा बैंकद्वारा रक्तदान कार्यक्रमको आयोजना

काठमाडौं । सानिमा बैंकको  वार्षिकोत्सवको अवसरमा सामुदायिक सेवा केन्द्र-नक्साल, नारायणचौरसंगको सहकार्यमा बैंकले रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

बैंकको मुख्य कार्यालय अगाडी रहेको नन्दीकेश्वर बगैंचा, नक्सालमा आयोजित कार्यक्रममा स्थानीयबासी, प्रहरी तथा बैंकका कर्मचारीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

मंसिर २६ शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालद्वारा सम्पूर्ण रक्तदाताहरुलाई धन्यवाद व्यक्त गरे ।

सानिमा बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शैक्षिक छात्रवृत्ति तथा अन्य विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री