काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले २०४६ को परिवर्तनपछि मुल्य मान्यताको राजनीति अन्त्य भएको बताएका छन् । आज काठमाडौँको वडा नम्बर ३१ का इकाई अध्यक्ष उज्ज्वल कोइरालाको शोक सभामा बोल्दै नेता सिंहले राजनीतिलाई सेवा भावले गरिनु पर्नेमा कमाउ पेशा बनेकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
अहिले मूल्य मान्यताभन्दा पनि पावर-मनि-मसलको प्रयोग हुनु निकै दुखद रहेको र जनतामा निराशा छाएकोले यो विषय गम्भीर रहेको बताएका छन् । उनले अहिले सरकार संविधान र संघियताको मर्म विपरित हिँडेको समेत बताए ।
शोक सभामा बोल्दै नेता सिंहले सरकारको बोलाई र व्यवहार पनि संविधान र संघियताको अनुकूल नभएको सिंहले बताए । संघीय सरकारले प्रदेश र स्थानअंय सरकारलाई स्घकै प्रशासनिक निकायको व्यवहार गरेको भन्दै आलोचना समेत गरे ।
सुशासन र समृद्धिको गफ दिएपनि सरकार त्यसको उल्टो बाटोमा हिँडेको बताउँदै जनता सरकारसँग निराश बनेको उनको भनाई रहेको छ । तर, प्रमुख प्रतिपक्षी दल काँग्रेसको भूमिकाबाट पनि जनता आश्वस्त बन्न नसकेको बताउँदै उनले १३ओै महाधिवेशनपछि काँग्रेस कमजोर भएको टिप्पणी गरे ।
१४ओै महाधिवेशन स्वच्छ र निष्पक्ष हुनुपर्ने भन्दै नेता सिंहले इमान्दार र राजनीतिक धर्म नछाड्ने नेतृत्व पार्टीमा आवश्यक रहेकोमा जोड दिए । समयमै महाधिवेशन गर्दै कांग्रेसलाई भरपर्दो पार्टी बनाउनुपर्ने उनको भनाइ थियो । सिंहले लोकतान्त्रिक दल विधानबमोजिम नचलेको भन्दै विधानसम्मत चल्नुपर्छ भनेर आफूले भनिरहेको बताए ।
कार्यक्रम कांग्रेस केन्द्रीय सदस्य नबिन्द्र राज जोशी, काठमाडौ जिल्ला सभापति सबुझ बानियाँ, क्षेत्रीय सभापति प्रकाश बिक्रम राणा, महासमिति सदस्य सुरजचन्द्र लामिछानेले स्व कोइरालाको योगदान बारे चर्चा गरेका थिए ।




