काठमाडौँ । मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १५ सयले बढेर प्रतितोला ९४ हजार १ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार छापावाला सुन तोलाको ९२ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ६५० कायम भएको छ । त्यसैगरी मंगलबार चाँदीको मुल्य तोलामा ३० रुपैयाले बढेर प्रतितोला १२ सय ३५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।
तपाईंको प्रतिकृया




