आइएमई प्रिभिलेजर कस्टमर कार्ड प्रयोगमा छुटको व्यवस्था, कार्ड एक फाइदा अनेक

काठमाडौं । आफ्ना सेवाग्राहीहरूको सुविधालाई मध्यनजर गर्दै आइएमई लिमिटेडले आइएमई कस्टमर÷प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरुलाई विभिन्न किनमेल केन्द्रहरू र रेस्टुरेन्टहरूमा ७ देखि २० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ ।

यो नयाँ व्यवस्था २०७५ साल वैशाख १९ गतेबाट लागु हुनेछ । बाजेको सेकुवा, चन्द्रागिरि हिल्स लिमिटेड, काठमाडौं फन भ्याली, रिभर बे रिसोर्ट, सीएम ट्रेडिंग, केक कोसेली, डल्ले, ह्विपील्यान्ड, कफी लाउन्ज, एचएफसी, भ्यू सिनेमा, रेडमड क्याफे, युजी बजार, भेलोसिटी एरिना र सीमी शो जस्ता स्थानहरुबाट हाललाई यो सेवा उपलब्ध हुनेछ ।

यो सेवा लिनको लागि सेवाग्राहीहरुले बील जारि गर्नुपूर्व आफुले बोकेको आइएमई प्रिभिलेज÷कस्टमर कार्ड देखाउनुपर्ने छ । आइएमई सेवाग्राहीहरूलाई सुविधा प्रदान गर्ने कार्यमा सहयोग गरिदिनुभएकोमा सम्पूर्ण व्यवसायीक साझेदारहरुलाई आइएमई लिमिटेड हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।

आफ्नो स्थापना देखि नैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्व यस कम्पनीले सेवा शुभारम्भको १७ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ६० आइएमई सेन्टर सहित ७५ जिल्लाका ७ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरुले दःुख गरि कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

भिभोको भिभो भी-४० लाईट सार्वजनिक

काठमाडौं । भिभोले नयाँ स्मार्टफोन भिभो भी-४० लाईट सार्वजनिक गरेको छ । भी सिरिजकोे पछिल्लो …

प्रतिकृया दिनुहॊस