भक्तपुरमा कार दुर्घटना, युवतीको मृत्यु

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका-३ कौशलटारमा कार दुर्घटना हुँदा एक युवतीको ज्यान गएको छ ।

दुर्घटनामा अन्दाजी २५ वर्षकी एक युवतीको मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दुर्घटनास्थलमा बेहोस अवस्थामा भेटिएकी उनलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो ।

भक्तपुरबाट काठमाडौं जादै गरेको बा ८ च ४७५६ नम्बरको कार आइतबार बिहान पौने १ बजे सडक छेउमा रहेको सिमेन्टको पोलमा ठोक्किएको थियो । कार कसले चलाएको र कति जना थिए भन्नेबारे केही खुलेको छैन ।

ज्यान गुमाएकी युवतीलाई कारभन्दा बाहिर बेहोस अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री