चीनको कोइला खानीमा विषालु ग्याँस चुहिँदा कम्तीमा १८ मजदुरको मृत्यु

काठमाडौं – चीनको दक्षिण पश्चिममा रहेको एउटा कोइला खानीमा विषालु ग्याँस चुहिँदा कम्तीमा १८ जना मजदुरको ज्यान गएको छ । खानीमा काम गर्ने पाँच जना मजदुर हराइरहेका र एक जनाको जीवितै उद्धार गरिएको खबरमा उल्लेख छ ।

चुङ्चिङमा रहेको कोइलाखानीमा कार्बन मनोक्साइड चुहिएको र घटनाको छानबिन शुरु भइसकेको छ । कामदारहरूले भूमिगत उपकरण फुकाल्न खोज्दा ग्याँस चुहिएको अनुमान गरिएको छ । कोइलाखानी खानी दुई महिनादेखि बन्द थियो ।

गएको सेप्टेम्बर महिनामा चुङ्चिङमा रहेको अर्को खानीमा आगो लाग्दा १६ जनाको ज्यान गएको थियो । अघिल्लो वर्ष डिसेम्बरमा पनि ग्वेजो प्रान्तमा रहेको कोइला खानीमा विस्फोट हुँदा १४ जनाको ज्यान गएको थियो । एजेन्सी

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री