सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहकार्य

काठमाडौं । सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच कृषि तथा सहुलियतपूर्ण कर्जा दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा बैंकका तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा विभागका प्रमुख दिपक पण्डित तथा सानीभेरी गा.पा.का तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर  गरे ।

यस सम्झौता पश्चात सानीभेरी गाउँपालिकाद्धारा सिफारिस गरिएका सम्पूर्ण योग्य इच्छुक कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई आवश्यक सल्लाह उपलब्ध गराउने र ब्याज अनुदान कर्जा लगानी गर्ने सम्बन्धमा दुवै पक्ष सहमत भएका छन् ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

प्रभु बैंक र स्वस्तिक हेल्थ केयर सेन्टरबिच छुट सम्झौता

काठमाडौँ । प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरुलाई ललितपुरको सातदोबाटोस्थित स्वस्तिक हेल्थ केयर सेन्टरको अन्तरङ्ग तथा …

प्रतिकृया दिनुहॊस