म्याराडोनाको नामबाट रंगशालाको नामाकरण

काठमाडौं । इटालियन सिरी ए फुटबल क्लब नापोलीले लेजेण्ड फुटबलर डिएगो म्याराडोनाको सम्मानमा आफ्नो रंगशालाको नामाकरण गरेको छ ।

अर्जेन्टिनाका पूर्व खेलाडी तथा प्रशिक्षक म्याराडोनाको गएको गत नोभेम्बर २५ मा ६० वर्षको उमेरमा निधन भएको थियो । उनले सन् १९८७ देखि १९९० सम्म नापोलीमा रहँदा क्लबलाई दुई पटक सिरी ए को उपाधि दिलाएका थिए ।

अहिलेसम्म स्टेडिओ सान पाओलोका रुपमा चिनिदै आएको रंगशाला अब स्टेडिओ डिएगो अर्मान्डो म्याराडोनाको नामबाट चिनिने छ । नापोलीको नगर परिषदले रंगशालाको पुनः नामाकरण सम्बन्ध प्रस्ताव पारित गरेको छ ।

नापोलीका मालिकले म्याराडोनाको निधनपछि खुला पत्र लेखेर रंगशालाको नाम उनको सम्मानमा उनकै नामबाट राख्न प्रस्ताव गरेका थिए । नापेल्सका मेयरले पनि त्यसको समर्थन गरेका थिए । एजेन्सी

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण एक्सन स्पोटर्सबाट हुने

काठमाडौं । अखिल नेपाल फुटवल संघको आयोजनामा हुन लागेको ‘इन्टर कलेज फुट्सल च्याम्पियनसिप’को प्रत्यक्ष प्रसारण …

प्रतिकृया दिनुहॊस