तोलामै १६ सयले बढ्यो सुनको मूल्य

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु १६ सयले बढेर प्रतितोला ९२ हजार ६ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको रु ९१ हजारमा कारोबार भएको थियो । त्यस्तै बिहिबार तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार १५० कायम भएको छ ।

त्यसैगरी बिहिबार चाँदीको मुल्य पनि तोलामा रु २० ले बढेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री