अछाममा बस दुर्घटना १ जनाको मृत्यु

कैलाली । अछाममा बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने  १७ जना घाइते भएका छन् । धनगढी आउँदै गरेको ना४ख ९९७२ नम्बरको बस अछाम चौरपाटी गाउँपालिका-७ मार्कुमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा  साँफेबगर नगरपालिका-३ का अन्दाजी १७ वर्षीय निरज कुँवर रहेका छन् । घाइते सबैको बलयपाटा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री