काठमाडौं ।आजथप १७ सय ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १७ सय ३ जनामा संक्रमण भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ भने आज २३ जनाको मृत्यु भएको छ।
संक्रमित मध्ये २ लाख १० हजार ६७१ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या १ हजार ४३५ जना पुगेको छ।
तपाईंको प्रतिकृया




