घाँटीमा टेलिफोनको तार बेरिएको अवस्थामा युवक मृत फेला

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान वेदकोट नगरपालिका–४ सुनार टोलका २५ वर्षीय कमल दमाईं मृतावस्थामा भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता अमरबहादुर थापाले दमाईंको शव घाँटीमा टेलिफोनको जस्तो तारमा बेरिएको अवस्थामा भेटिएको जानकारी दिए । मृतकका शरीरमा अन्य कुनै प्रकारको चोट नरहेको जनाइएको छ ।

कञ्चनपुर प्रहरीले दमाईंको हत्या गरिएको आशङ्कामा अनुसन्धानका लागि धनगढीबाट तालीमप्राप्त कुकुर समेत ल्याएर अनुसन्धान गरिरहेको छ । ‘मृतकका बुबाले दिएको प्रारम्भिक जानकारीअनुसार दमाईं गत असोजमा मजदूरी गर्न स्याङ्जा गएका थिए’, प्रहरी नायब उपरीक्षक थापाले भने, ‘विस्तृत अनुसन्धान हुँदैछ ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस