बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई युवाको मृत्यु

लहान । सिरहा-चोहर्वा सडकखण्डमा पर्ने सिरहा नगरपालिका– १० पदमपुरमा बिहीबार साँझ बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

सिरहाबाट चोहर्वातर्फ जाँदै गरेको ना५ख ५५१८ नम्बरको माँ शेरावाली बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०१००१–प १२५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक सिरहा नगरपालिका- ११ भलुवाही निवासी २५ वर्षीय देवनारायण कामती र २६ वर्षीय अरुणकुमार कामतीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका लागि सिरहा अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । दुर्घटनापछि दुवै सवारी नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयको तीन बुँदे निर्देशन

काठमाडौं । हिरासत छल्ने प्रवृत्ति रोक्न गृह मन्त्रालयले तीन बुँदे निर्देशन दिएको छ । अनुसन्धान …

प्रतिकृया दिनुहॊस