लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालको लाभांश घोषणा

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेसन नेपालले लाभांश घोषणा गरेको छ । मंसिर १० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष  ०७५/७६ को सञ्चित मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।

बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद गरी सो मात्राको लाभांश सेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको हो ।

साे प्रस्तावलाई बीमा समितिले स्वीकृत तथा कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गर्नुपर्ने हुन्छ । सभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप