कार र टिपर ठोक्किँदा १ जनाको मृत्यु

धादिङ । पृथ्वीराजमार्गअन्तर्गत गजुरी गाउँपालिका-५ गलौँदीमा आइतबार बिहान कार र टिपर  एक आपसमा ठोक्किँदा एक  जनाको मृत्यु भएको छ भने तीन जना घाइते     भएका छन् ।

मुग्लिनबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज २३५६ नम्बरको कार र विपरीत दिशाबाट आएको बा ४ ख ८१४३ नम्बरको टिपर एक आपसमा ठोक्किँदा कारमा सवार त्रिपुरासुन्दरी गाउँपालिका-१ का २४ वर्षीय केसीको मृत्यु भएको  छ ।

दाङ शान्तिनगर नगरपालिका वडा नम्बर -९ का ३८ वर्षीया वर्षा केसी र काठमाडौँ कलङ्की निवासी सुधीर सुवेदी गम्भीर घाइते भएका छन्  भने एक जनाको अवस्था सामान्या रहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री