चितवन घटना : प्रवक्तालाई लक्षित गर्दै सूर्य थापाले भने- गज्जब छ गुटगत वक्तव्यबाजी !

काठमाडौं । चितवनमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डे बोल्दाबोल्दै केही युवाहरुले उनीविरुद्ध नारा लगाएको विषय अहिले चर्चामा छ । नेकपामा जारी रहेको शक्ति संघर्षकाबीच यो घटना भएपछि शीर्ष नेता फेरि विभाजित हुँदै आफ्नो अभिव्यक्ति राखिरहेका छन् ।

यसबारे धेरै नेकपाका नेताहरुले भत्र्सना गरेका छन् । यहिबीच नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार पाण्डेमाथि चितवनमा भएको दुर्व्यहारको घटना सुनियोजित भएको वक्तव्य जारी गरे । उनले यस प्रकारको व्यवहारलाई प्रोत्साहित गरेर कसैको हित नगर्ने भन्दै घटनाको निन्दा गरे ।

तर प्रवक्ता श्रेष्ठले दिएको वक्तव्यप्रति प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीको सल्लाहकारसमेत रहेका थापा नेकपा प्रचार विभाग उपप्रमुख हुन् ।

बिहान ट्वीट गर्दै पार्टी एकताको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देखेको भन्दै आपत्ति जनाए । ‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढेको गाडीमा ढुंगा प्रहार हुँदा निदाउनु भएको थियो भन्दै प्रवक्ता श्रेष्ठमाथि थापाले व्यङ्ग्यसमेत गरेका छन् ।

‘बुटवलमा मुख्यमन्त्री शंकर पोखरेल चढ्नु भएको गाडीमाथि ढुंगा प्रहार गरिँदा निदाउनुभएको थियो क्यारे !,’ प्रवक्ता श्रेष्ठको वक्तव्यप्रति आपत्ति जनाउँदै थापाले ट्वीटमा लेखेका छन्, ‘चितवनमा पार्टी एकता जिन्दावादको नारा लगाउँदा सुनियोजित दुर्व्यवहार देख्नु भएछ। गज्जब छ गुटगत अन्तरदृष्टि र छनोटपूर्ण वक्तव्यबाजी। दुवै स्थायी कमिटी सदस्य-– तब न नारायणकाजी !’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री