काठमाडौं । पोखराका विभिन्न अस्पतालमा उपचाररत थप ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरास्थित गण्डकी मेडिकल कलेज, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक/एक गरी ३ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
ण्डकी मेडिकल कलेजमा पोखरा महानगरपालिका-१७ की ७५ वर्षीया कोरोना संक्रमित वृद्धाको बिहीबार बिहान मृत्यु भएको हो ।
त्यसै गरी,फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा पोखरा महानगरपालिका–९ की ८३ वर्षीया वृद्धाको पनि बिहीबार बिहान मृत्यु भएको हो र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बागलुङको बेशीसहर नगरपालिका–५ का ७१ वर्षीय कोरोना संक्रमित पुरूषको उपचारको क्रममा बुधबार राति मृत्यु भएको हो ।
तपाईंको प्रतिकृया



