विराटनगर र धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । विराटनगर र धरानमा  गरी थप २ जना कोरोना  संक्रमितको मृत्यु भएको छ ।

विराटनगरको नोबेल मेडिकल कलेजमा उपचाररत  इटहरी उपमहानगरपालिका-२ का ७७ वर्षीय वृद्धको मृत्यु  बिहीबार बिहान भएको छ  भने वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत  धरान उपमहानगरपालिका- ११ की २९ वर्षीया महिलाको  मृत्यु भएको छ ।

कात्तिक २७ गते कोरोना पोजेटिभ देखिएकी महिला कात्तिक ३० गते प्रतिष्ठानमा भर्ना भएकी थिइन् । महिलामा मृगौलाको समस्या थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री