माछापुछ्रे बैंकले अमेरिकाबाट रेमिट्यान्स भित्र्याउने

काठमाडौं ।माछापुछ्रे बैंक लिमिटेड र अमेरिकाको न्यू योर्क स्थित वाल स्ट्रिट फाइनान्स एलएलसिबिच रेमिट्यान्स सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका तर्फबाट कायम मुकायम नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वाल स्ट्रिट फाइनान्स एलएलसिका तर्फबाट डाइरेक्टर अफ कम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर   गरे ।

यो सम्झौतासंगै अमेरिका स्थित नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने र अमेरिकाबाट वाल स्ट्रिट फाइनान्स मार्फत स्वदेशमा पठाएको रकम माछापुछ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सक्नेछन् ।

बंैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ६२ वटा शाखाहरु, ४ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १८ शाखा रहित बंैकिङ्ग सेवा समेत गरी जम्मा ८४ स्थानबाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बंैकको देशभर ८६ वटा एटीएमहरु संचालनमा रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री