विश्वमा संक्रमितको संख्या ५ करोड ४३ लाख नाघ्यो, अमेरिकामा मात्रै साढे २ लाख बढीले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ५ करोड ४३ लाख नाघेको छ भने १३ लाख १८ हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ५ करोड ४३ लाख ८ हजार ८४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १३ लाख १८ हजार ४४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ७८ लाख ६६ हजार ८९१ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ५१ हजार २५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या १ करोड १२ लाख २६ हजार ३८ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ५७ हजार ८१ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार २६० जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २९ हजार ६७४ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४४९ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ४१ हजार ६५९ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८८ लाख १४ हजार ९०२ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५८ लाख ४८ हजार ९५९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ७२७ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६५ हजार ६७३ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री