विहिबार सुनको मुल्यमा गिरावट, चाँदी स्थिर

काठमाडौँ । विहिबार सुनको मूल्य घटेको छ भने चाँदी स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा रु २ सयले घटेर प्रतितोला ९४ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि बुधबार छापावाला सुन तोलाको रु ९४ हजार ९ सयमा कारोबार भएको थियो । त्यस्तै विहिबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार २ सय कायम भएको छ ।

त्यसैगरी विहिबार चाँदीको मुल्य भने तोलाको स्थिर रही प्रतितोला १२ सय २० रुपैँयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप