चितवनमा थप एकजना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत  थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका-१९ का ७७ वर्षीय पुरूष छन् । उनको उपचारको क्रममा सोमबार राति मृत्यु भएको हो ।

श्वासप्रश्वासमा समस्यादेखिएपछि मेडिकल कलेजमा भर्ना भएका उनीमा २१ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट  पीडित थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री