मेलोडी म्यूजिक ग्रुपको “आज किन” बोलको गीत सार्वजनिक

काठमाडौं । मेलोडी म्यूजिक ग्रुपको प्रस्तुतिमा “आज किन” बोलको गीत सार्वजनिक गरिएको छ । विगत ३ वर्षदेखि सामाजिक कार्यमा योगदान पु¥याउदै आएको गु्रपले विशेषगरी नयाँ प्रतिभालाई अवसर दिदै आएको छ ।

२०७४ सालमा पहिलो तीजको गीत “यसपालिको तीजमा” बोलको गीतसगै मेलोडी म्यूजिक गु्रपले ‘सांगीतिक यात्रालाई पु¥याउन माथी, एम.एम.जी गु्रप नै भरपर्दो साथी’ भन्ने नारा दिएर नेपाली सांगीतिक क्षेत्रमा उदायको हो ।

सोही गु्रपले सार्वजनिक गरेको दोस्रो गीत ‘आज किन’ मा निमा शेर्पाको शब्द÷संगीत, चर्चित गायिका मेलिना राई र थमन मगरको स्वर रहेको छ ।

यूटुवबाट गायिका राईद्धारा नै विमोचन गरिएको आज किन माया प्रेममा केन्द्रित रहेको छ । सरल शब्द र मिठासपूर्ण स्वरले भरिएको यो गीतलाई अनिल कुमार महर्जनको निर्देशनमा मोडल सुधिर श्रेष्ठ र नेहा तामाङको अभिनय रहेको छ भने कोरियोग्राफर सुजन वज्रचार्यले गरेका छन ।
१०० सय जनाको समुहमा रहेको गु्रपले नयाँ प्रतिभासाली कलाकारलाई अबसर दिने गु्रपका अध्यक्ष प्रयास सुवेदीले वताएका छन ।

क्षमता भएर पनि आर्थिकलगायतका कारणले पछि परेका प्रतिभासालीलाई उजागर गर्ने गु्रपको मुख्य उद्देश्य रहेको पनि सुवेदीले वताए ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस