अस्पतालबाट मनोज गजुरेलले भने- ‘हिजोभन्दा धेरै राम्रो भएको छ’

काठमाडौं । कोरोना भाइरस सङ्क्रमित भएपछि अस्पताल भर्ना भएका कलाकार मनोज गजुरेलको स्वास्थ्य अवस्थामा सुधार आएको छ ।

शुक्रबार राति अस्पतालबाटै फेसबुकमा स्टाटस लेखेर उनले आफूलाई निकै सुधार भएको बताएका छन् । ‘आराम छु, आरामको कामना गर्दछु । हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ । स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद’ गजुरेलले फेसबुकमा लेखेका छन् ।कोरोना सङ्क्रमणपछि होम आइसोलेशनमा बसेका गजुरेलको स्वास्थ्यमा कठिनाइ आएपछि बुधबार सशस्त्र प्रहरी अस्पताल बलम्बुमा भर्ना गरिएको थियो । उहाँलाई अक्सिजनको कमी भएको र फोक्सोमा सङ्क्रमण देखिएको डाक्टरहरुले बताएका छन् ।

कलाकार गजुरेलले गएको १० गते आफू कोरोना सङ्क्रमित भएको फेसबुकमार्फत सार्वजनिक गरेका थिए । उनले घरमै आइसोलेशनमा बसेर घरेलु उपचार गरिरहेको पनि जानकारी गराएका थिए । चार दिनअघि पनि उनले फेसबुक स्टाटस लेखेर अझै पूर्ण सुधार नभइसकेको र शरीरले फरक-फरक क्रिया -प्रतिक्रिया देखाइरहेको उल्लेख गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ज्येष्ठ पत्रकारहरूका लागि जीवन निर्वाह भत्ताको व्यवस्था गरिनेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ज्येष्ठ पत्रकार तथा अपाङ्गता भएका पत्रकारहरूका लागि सरकारले जीवन …

प्रतिकृया दिनुहॊस