सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु

सप्तरी । सप्तरीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बिष्णुपुर गाउँपालिका सिम्राहाका २३ वर्षीया महिला छिन।

पिसाबमा समस्या देखिएपछि ६ दिनअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना भएकी ती महिलाको अस्पतालले बुधबार पिसीआर परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।  उनको उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

मृतक महिलाको शव व्यवस्थापनका लागि नेपाली सेनाले आवश्यक तयारी गरिरहेको जनाईएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री