काठमाडौं । आफना ग्राहकहरुको लागि उत्कृष्ट सेवाहरु प्रवाह गर्न बचनबद्ध डिस मिडिया नेटवर्क लि.ले आफ्ना ग्राहकहरुलाई सधै थप सेवा प्रदान गर्दै आएको छ । डिसहोमले फाइबर नेटसँगै सिम टिभी सेवा दिने भएको छ। डिसहोमका फाइबर नेट प्रयोगकर्ताहरुले अब कम्बो प्याकेज अफर अन्तर्गत सिम टिभी सेवा पनि लिन सक्ने छन्।
यस भन्दा अगाडि इन्टरनेट सेवा मात्रै दिइरहेको डिसहोमले अब आफ्नो स्वामित्वमा रहेको सिम टिभीमार्फत् केबल टेलिभिजन सेवा दिने जनाएको छ।
कम्पनीले उपभोक्ताहरुलाई वार्षिक भ्याटबाहेक रु १५ हजार ९ सय ९९ रुपैयाँमा २५ एमबीपीएसको फाइबरनेटसँगै सिम टिभी जडान गर्न सक्ने जनाएको छ। यस्तै, ४० एमबीपीएस फाइबर नेट र सिम टिभीको वार्षिक शुल्क २० हजार ४ सय ९९ रुपैयाँ रहेको छ।
तपाईंको प्रतिकृया




