मकवानपुरका ८२ वर्षीय संक्रमितको चितवनमा मृत्यु

चितवन । मकवानपुरका एक जना कोरोना संक्रमित पुरुषको चितवनमा मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत हेटौंडा उपमहानगरपालिका-६ निवासी ८२ वर्षीय पुरुषको बिहिवार बिहान मृत्यु भएको हो ।

ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भए छि भरतपुर ल्याइएको थियो । तर उनमा कार्तिक १५ गते नै कोरोना संक्रमण पोजेटिभ देखिएको थियो ।

स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि कोभिड आइसियुमा राखी उपचार गरिएकोमा बिहान १ बजे तिर मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री