विश्वमा संक्रमितको संख्या ४ करोड ८४ हजार नाघ्यो, १२ लाख ३० हजारले ज्यान गुमाए

काठमाडौं । विश्वभर कोरोना भाइरस (कोभिड-१९)को नयाँ संक्रमण र मृत्युदर अझै घट्न सकेको छैन । अहिलेसम्म संक्रमितको संख्या ४ करोड ८४ लाख नाघेको छ भने १२ लाख ३० हजारभन्दा बढीको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सको पछिल्लो विवरण अनुसार विश्वभर ४ करोड ८४ लाख ११ हजार ९०७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चीनको हु बेई प्रान्तको राजधानी वुहानबाट गत वर्षको डिसेम्बर अन्तिममा फैलिएको कोरोना भाइरस संक्रमणबाट विश्वभर १२ लाख ३० हजार १०१ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म ३ करोड ४६ लाख ५६ हजार ९१३ जना कोरोना मुक्त भएका छन् ।

सबैभन्दा बढी प्रभावित अमेरिकामा बिहानसम्म २ लाख ३९ हजार ८२० जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । अहिलेसम्म संक्रमितको संख्या ९७ लाख ९९ हजार ५२ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १ लाख ६ हजार १०८ भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ भने १ हजार १९२ जनाले ज्यान गुमाएका छन् ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको छिमेकी मुलुक भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख २४ हजार ३५४ पुगेको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ७०४ जनाले ज्यान गुमाएका छन् । २४ घण्टामा ५० हजार ४६५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ८३ लाख ६३ हजार ४१२ पुगेको हो ।

प्रभावित देशको सूचीमा तेस्रो स्थानमा रहेको ब्राजिलमा संक्रमितको संख्या ५५ लाख ९० हजार ९४१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ६२२ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या १ लाख ६१ हजार १७० पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री