झापा । झापाको मेचीनगर नगरपालिका-१० शान्तिसमाज टोलबाट अतिसबाजी (पटका) सहित २ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका-५ का २९ बर्षीय प्रशन्न जित दर्जी र टेम्पो चालक ३९ बर्षीय बिश्वनाथ प्रधान रहेका छन् ।
भारतबाट नेपाल तर्फ लुकाई छिपाई मे १ ह ५५२७ नम्बरको टेम्पोमा अतिसबाजी(पटका) ल्याउँदै गरेको भन्ने विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले मंगलबार साझँ टेम्पोलाई नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा टेम्पो भित्र १३ बोरा बिभिन्न किसिमका पटका फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
बरामद गरिएको पटका, अटो र मानिस सहितलाई ईलाका प्रहरी कार्यालय धुलावारीमा राखी कानुनी कारबाही अगाडी बढाईएको प्रहरी कार्यालय झापाले जनाएको छ ।
तपाईंको प्रतिकृया



