निर्देशक राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा

एजेन्सी ।     ‘बाहुबली’ का निर्देशक एसएस राजामौलीको नयाँ फिल्म ‘आरआरआर’ विवादमा परेको छ । तेलंगनाका वीजेपी नेता बादी संजयले चलचित्रका निर्देशकलाई धम्की दिएका छन् ।भीमको लुक्सलाई फेरि छायांकन नगरेको खण्डमा थिएटर जलाउने धम्की समेत दिइएको छ ।

केही दिन पहिले फिल्मका कलाकार जुनियर एनटीआरको फष्टलुक सार्वजनिक भएको थियो । जसमा उनी कोमराम भीमको भूमिकामा देखिएका थिए ।

फष्टलुकमा उनले कुर्ता, पाइजामा र मुस्लिम टोपी लगाइएका छन् । तेलङ्गाना भाजपाले फ्रिडम फाइटर र उनको पहिरनको बिषयमा प्रश्न उठाएका छन् ।

राजामौलीले चर्चा बटुल्नकै लागि भीमलाई मुस्लिम टोपी लगाइदिएको उनको तर्क छ ।फिल्ममा जुनियर एनटीआर,  रामचरण, आलिया भट्ट, अजय देवगण, श्रीया सरनको मुख्य भूमिका रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप