सोमबार सुनको मूल्य स्थिर, चाँदीमा सामान्य वृद्धि

काठमाडौँ । सोमबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदीमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य स्थिर रही प्रतितोला ९५ हजारमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार पनि छापावाला सुन तोलाको ९५ हजारमा नै कारोबार भएको थियो । त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ ।

त्यसैगरी सोमबार चाँदीको मुल्य भने तोलाको रु १० ले बढेर प्रतितोला १२ सय ५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र …

प्रतिकृया दिनुहॊस