अहंकार र आक्रोशले कसैको हित गर्दैनः प्रवक्ता श्रेष्ठ

काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको रक्षाका निम्ति सक्रिय पहल गर्न अपिल गरेका छन् । सामाजिक सञ्जालमा आफ्ना धारणा राख्दै प्रवक्ता श्रेष्ठले पार्टीको बैठक बसेर सबै विषयमा छलफल गर्न समेत माग गरेका छन् ।

पार्टीको फुट, जनचाहना र जनादेशविरुद्ध हुने श्रेष्ठको भनाई छ । ‘फुट र फुटजन्य क्रियाकलाप राष्ट्र एवं कम्युनिष्ट आन्दोलनको आवश्यकता, आम कार्यकर्ता तथा शुभेच्छुकदाताबाट चाहाना र जनादेश विरुद्ध हुन्छ ।’ उनले लेखेका छन्, ‘तसर्थ पार्टी एकताको पक्षमा दृढतापूर्वक उभिऔँ र आ-आफ्नो ठाँउबाट एकताको रक्षाका निम्ति सक्रिय पहल गरौँ ।’

पार्टीको बैठक बसेर सबै पक्षबारे खुल्ला छलफल गर्नुपर्ने उनले बताएका छन् । प्रवक्ता श्रेष्ठले व्यक्तिवाद, अहंकार, आवेग र आक्रोशले समाधान नदिने र कसैको हित नहुने बताएका छन् । देश, जनता, श्रमजीवी वर्ग र पार्टी तथा आन्दोलन लाई केन्द्रमा राखेर सोच्न र सकारात्मक निष्कर्ष निकाल्न उनले आग्रह गरेका छन् ।

पार्टी फुटाउन देशी र विदेशी प्रतिकृयावादी शक्ति लागेको दावी प्रवक्ता श्रेष्ठको छ । ‘जान वा अन्जानमा देशी र विदेशी प्रतिकृयावादी शक्तिहरूको चाहना पूरा गर्ने कार्य कसैबाट हुन नजाओस् ,सबैले समयमै सोचौँ’ श्रेष्ठले भनेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस