नबिल बैंकका अध्यक्षबाट शपथ ग्रहण

काठमाडौं ।नबिल बैंकको नव नियुक्त अध्यक्ष  उपेन्द्र प्रसाद पौड्यालले शपथ ग्रहण गरेका छन् ।

नव नियुक्त अध्यक्षलाई आयोजित एक भर्चुअल समारोह बीच नेपाल राष्ट्र बैंकका गभर्नर  माहा  प्रसाद अधिकारीले शपथ ग्रहण गराएका थिए ।

शपथ ग्रहण समारोहमा नेपाल राष्ट्र बैंक तथा नबिल बैंकका उच्चपदस्थ कर्मचारीहरुको भर्चुअल उपस्थिति थियो ।

२०७४ मंसिर १५ गतेदेखि सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गर्नुभएका पौड्याल २०७७ आश्विन २० गते बैंक सञ्चालक समितिको अध्यक्षमा नियुक्त हुनु भएको हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री