काठमाडौं । सिद्धार्थ बैंकले चाडपर्वको अवसर पारी ग्राहकहरुलाई लक्षित गर्दै डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ ल्याएको छ ।
एफवान सफ्टसँग सहकार्य गरी बैंकको मोबाइल बैंकिङ्ग एप, सिद्घार्थ बैंक स्र्माटमार्फत विभिन्न क्यास ब्याक योजना ल्याएको हो ।
यस योजना अन्तर्गत ग्राहकले बैंक स्मार्ट मार्फत कारोबार गर्दा निम्न क्यास ब्याक पाउन सक्नेछन् ।
सिद्धार्थ बैंक स्मार्ट एप क्रियाशील गर्दा मोबाइल टपअप
कार्तिक ६ देखि मंसिर ५ गते सम्म प्हिलो पटक बैंकस्मार्ट एप क्रियाशील गर्दा रु ५० को मोबाइल टपअप
डिजिटल दक्षिणा
कार्तिक १० देखि कार्तिक १४ गते सम्म कारोबारको विवरणमा दक्षिणा लेखी तीन पटक रकम ट्रान्सफर गर्दा रु ३०० क्यास ब्याक
पहिलो र थप तीन कारोबारमा क्यास ब्याक
कार्तिक ६ देखि मंसिर ५ गतेसम्म कारोबारको विवरणमा ‘माई फर्ष्ट’ लेखि पहिलो पटक कारोबार गर्दा वा रकम ट्रान्सफर गर्दा २० प्रतिशत (अधिकतम १०० सय रुपैयाँ) क्यास ब्याक पाइने छ । थप तीन कारोबार गर्दा ३०० रुपैयाँ क्यास ब्याक पाइने छ ।
यस क्यास ब्याक पाउन ५०० रुपैयाँ वा सो भन्दा बढि रकमको कारोबार गर्नु पर्नेछ । यसैगरी, कार्तिक ६ गतेदेखि मंसिर ५ गतेसम्म कम्तिमा दश वा सो भन्दा बढि कारोबार गर्दा एफ वान सफ्टले आफ्नो छनोट प्रक्रियाबाट पाँच जना ग्राहकलाई मोबाईल फोन उपहार प्रदान गर्नेछ ।
यस योजनाले नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबार तर्फ आकर्षित गर्ने र अनलाइन कारोबारलाई अझै प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।




