केएमसीको तेस्रो तलाबाट हाम्फालेका एक पुरूषकाे मृत्यु

काठमाडाैं । सिनामङ्गलमा रहेको काठमाडाैं मेडिकल कलेजकाे तेस्राे तलाबाट हाम्फालेका एक जना पुरूषकाे मृत्यु भएकाे छ । २६ वर्षीय युवा राेशन खड्का आइतबार साँझ अस्पताल भर्ना भएका थिए । उनले साेमबार बिहान अस्पतालकाे तेस्राे तलाबाट हाम्फालेका थिए ।

बानेश्वरमा बस्ने उनी साेलुखुम्बुका स्थायी बासिन्दा हुन् । आफ्नो शरीरमा आगो लगाउने प्रयास गरेका उनलाई आगोले हातखुट्टा पोलेपछि उपचारका लागि केएमसी ल्याइएको थियो । कुरुवा बसेकी आमा औषधी किन्न गएका बेला उनी झ्यालबाट हाम्फालेका हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री