मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

सप्तरी ।सप्तरीको खडक नगरपालिका– ११ बनौलीमा दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–१० बनौलीका ३० वर्षीय हाकिम राइन र खडक नगरपालिका–११ बिसहरियाका २९ वर्षीय नरेश साह रहेको   छन् ।

बिहीबार राति  भएको सो दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको  उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री