काठमाडौं । आज बुधबार थप २ हजार ६३८ जनामा कोरोना पुष्टि भएको छ यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुग्यो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ६३८ जनामा संक्रमण भएको हो ।
संक्रमित मध्ये ८० हजार ९५४ जना उपचारपछि निको भएका छन्। यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६७५ पुगेको छ।
तपाईंको प्रतिकृया




