गण्डकी प्रदेशमा थपिए ३४जना नयाँ कोरोना संक्रमित

पोखरा । गण्डकी प्रदेशमा आज थप ३४ जनामा कोरोना संक्रमण देखिएको छ । प्रदेशका ३ जिल्लामा ३४ जनामा नयाँ संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार, कास्कीका १८ जना, स्याङजाका १४ जना र लमजुङका २ जना, गरी जम्मा ३४ जनामा कोरोना सङ्क्रमणको पुष्टि भएको हो।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५००५  पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप