काठमाडौं । आज सोमबार उपत्यकामा थप २ हजार २८३ जनामा कोरोना पुष्टि भएको छ ।
काठमाडौंमा १ हजार ८८८ जना , ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना गरि कुल २ हजार २८३ जनामा कोरोना पुष्टि भएको हो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या १ लाख ११ हजार ८०२ पुगेको छ भने संक्रमित मध्ये ७७ हजार २ सय ७७ जना उपचारपछि निको भएका छन्।
यसै गरि नेपालमा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ६४५ पुगेको छ।
तपाईंको प्रतिकृया




