डा केसी र सरकारबीच ८ बुँदे सहमति [पत्रसहित]

काठमाडौं । २७ दिनयता अनसनरत डा. गोविन्द केसी पक्ष र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिबार राती सरकारी पक्ष र डा. केसी पक्षबीच वार्ता भएपछि ८ बुँदे सहमति भएको हो ।

डा केसी पक्षका वार्ता टोली सदस्य डा लोचन कार्कीका अनुसार सहमति डा केसीका ६ बुँदे मागका ६ वटा सहमति छन् । ७ नम्बर बुँदामा उक्त सहमतिलाई सम्बन्धित निकायमा लैजाने र ८ नम्बर बुँदामा अनसन तोड्ने विषय उल्लेख छ ।

सरकारसँग सहमति भएपनि डा केसीले भने आइतबार बिहान साढे ९ बजे मात्र अनसन तोड्ने भएका छन् । सरकारी पक्ष डा केसी पक्षसँग सहमतिपत्रमा हस्ताक्षर गर्न त्रिवि शिक्षण अस्पताल पुगेको थियो । शनिबार दिनभर गृहकार्यमा रहेको दुवै पक्षको वार्ता टोलीले राती निष्कर्ष निकालेको हो ।

  • यस्तो छ सहमति पत्र

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री