सनराइज बैंकले बाल मन्दिरलाई आर्थिक सहयोग गर्यो

काठमाडौं । सनराइज बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल बाल संगठन, बाल मन्दिरमा  १ लाख  ५० हजार रुपैयाँ सहयोग गरेको छ  ।

बैंकको प्रमुख कार्यालय गैरीधारामा भएको एक कार्यक्रमकाबीच बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले नेपाल बाल संगठन, बाल मन्दिरका अध्यक्ष विद्या उपाध्याय न्यौपानेलार्ई चेक हस्तान्तरण गरेका हुन् ।

बैंकले  आफ्नो वार्षिकोत्सवमा नेपाल बाल संगठनलाई आवश्यक खाद्यसामाग्री, लताकपडा आदि वितरण गदै आएकोमा यस वर्ष कोभिड -१९ को कठिन समयलाई मध्यनजर गदै उक्त सामाग्रीहरु किन्नको लागि नगद १ लाख ५०  हजार रुपैंया आर्थिक सहयोग गरेको हो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप