काठमाडौं । नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई बैंककाे अध्यक्ष पदमा नियुक्त गरेको हो ।
तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।
ग्रिण्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका पौड्यालले १४ वर्ष ग्रिण्डलेज बैंक ,१७ वर्ष एनएमबी बैंक तथा ३ वर्ष नबिल बैंकमा गरि ३४ वर्ष बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका छन् । अनुभवी बैंकरका रुपमा पाैड्यालकाे चर्चा हुने गर्छ । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।
तपाईंको प्रतिकृया



