नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त

काठमाडौं । नबिल बैंकको अध्यक्षमा बैंकर उपेन्द्र पौड्याल नियुक्त भएका छन्। मंगलबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई बैंककाे अध्यक्ष पदमा नियुक्त गरेको हो ।

तीन दशकभन्दा बढी बैंकिङ क्षेत्रको अनुभव हासिल गरेका उनी यसअघि एनएमबी बैंक लिमिटेडमा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए ।

ग्रिण्डलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेका पौड्यालले १४ वर्ष ग्रिण्डलेज बैंक ,१७ वर्ष एनएमबी  बैंक तथा ३ वर्ष नबिल बैंकमा गरि ३४ वर्ष बैंकिङ क्षेत्रको अनुभव  हासिल गरेका छन् । अनुभवी बैंकरका रुपमा पाैड्यालकाे चर्चा हुने गर्छ । उनी समाजसेवामा पनि उत्तिकै सक्रिय छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप